शीर्षकहरू

दुई जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनका लागि तय गरे बुक क्लोजको मिति

दुई जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनका लागि तय गरे बुक क्लोजको मिति

काठमाडौं । शुक्रवार दुई जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति सार्वजनिक गरेका छन् । बलेफी हाइड्रोपावरले शतप्रतिशत र लिवर्टी ईनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते एक दिन बुक क्लोज गर्न लागेका हुन । बुक क्लोजका आधारमा दुबै कम्पनीको हकप्रद शेयर कात्तिक २० गतेसम्म कायम शेयधरनीहरुले मात्र खरीद गर्न पाउने छन् । 

बुक क्लोजको मिति तय गरेका यी दुई कम्पनीले हकप्रद सार्वजनिक निष्कासनको मिति भने तय गर्न बाँकी छ । बलेफी हाइड्रोपावरले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको आधारमा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

त्यस्तै लिवर्टी इनर्जीले भने हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँको आधारमा ५० प्रतिशत दरको ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जीलाई असोज २३ गते र बलेफी हाइड्रोलाई कात्तिक ४ गते हकप्रद शेयर निष्कासनको लागि अनुमति प्रदान गरेको थियो ।