शीर्षकहरू

नेपालमा पनि बंगालको खाडीको चक्रवात “दाना” को आंशिक प्रभाव पर्ने

नेपालमा पनि बंगालको खाडीको चक्रवात “दाना” को आंशिक प्रभाव पर्ने

काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश  र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा  आंशिक देखि साधारणतया  बदली रहि देशका बाँकी भू(भागमा आंशिक  बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो  कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीकोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेश लगायत  कर्णाली र सुदुरपश्चिम  प्रदेशका पहाडी भू(भागका  एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।