शीर्षकहरू

उर्जामन्त्री र कुलमान घिसिङबीच विवाद बढ्दा ९ उद्योगको विद्युत लाइन काटियो

उर्जामन्त्री र कुलमान घिसिङबीच विवाद बढ्दा ९ उद्योगको विद्युत लाइन काटियो

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा उर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढदै जाँदा आज फेरि ९ उद्योगका विद्युत लाइन काटिएको उद्योगीहरुले बताएका छन् । आज साँझ ८ बजेबाट विभिन्न  ४९ वटा उद्योगमध्ये ९ उद्योगहरुको लाइन काट्न थालिएको हो ।  

एक उद्योगीका अनुसार विद्युत लाइन काटिएका ९ उद्योगमध्ये बाबा जुट मिल, गोयन्का फुड्स, कसमस सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, रहेका छन् ।  कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने भनेका थिए ।

तर,  साथमा उनले विद्युत लाइन नकाट्ने निर्णय मन्त्रीपरिषदबाट ल्याउन भनेपछि विवाद जस्ताको तेस्तै रहेको थियो । केहि दिनदेखि कुलमानलाई मन्त्री खड्काले बखास्त गर्ने भन्ने खालका समाचार विभिन्न मिडियामा प्रचार गराइएका थिए । घिसिङले असोज  २४ गते पुन बक्यौता महसुल भुक्तानी गर्न सूचना जारी गरेका थिए । उक्त सूचनाको म्याद आज)८ कात्तिक)सम्मको म्याद रहेको थियो ।