शीर्षकहरू

एनआईएमबिले पहिलो पटक भिसा वेयरेबल स्टिकर नेपालमा ल्यायो

एनआईएमबिले पहिलो पटक भिसा वेयरेबल स्टिकर नेपालमा ल्यायो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर ल्याएको छ ।  बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित तरिकाले सेवा पाउने बैंकले जनाएको छ । 

एनआईएमबि पेवियरले कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बैंकले जनाएको छ । यसको प्रयोग गर्ने ग्राहकले भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने बैंकको दाबी छ ।

‘एनआईएमबि पेवियर नेपालका लागि गेम चेन्जर हुने बैंकका वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकालले बताए । यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्ने उनले बताए ।  नेपालमा पहिलो पटक यो प्रविधि भित्र्याउन पाउँदा बैंक उत्साहित भएको उनको भनाइ छ । यसले बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्ने उनको दाबी छ ।

ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केस जस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न सक्नेछन् । जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ । ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित कारोबार गर्न सक्नेछन् ।