शीर्षकहरू

नेपाल समूह विजेता हुँदै साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल समूह विजेता हुँदै साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल समहू विजेता हुँदै साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आज भएको नेपाल र श्रीलंकाबीचको खेलमा ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक(एक गोल गरे ।

जितपछि नेपाल र भुटानले समूह बीमा ३ खेलबाट समान ७ अंक जोडे । तर गोल अन्तरमा नेपाल अघि रह्यो । नेपाल र भुटान दुवैले समान १७ गोल गरे । तर नेपालले कुनै गोल खाएन भने भुटानले एक गोल खाएको थियो ।