शीर्षकहरू

केएल ग्रुपको दशैँ बहार योजनाका विजेता सार्वजनिक

केएल ग्रुपको दशैँ बहार योजनाका विजेता सार्वजनिक

काठमाडौं । के एल दुगड ग्रुपको  'उमङ्गको बहार केएल दुगड ग्रुपको  नगद उपहार' योजनाका विजेता घोषणा भएको छ । कार्तिक ४ गतेसम्म सहभागी भएका ग्राहकहरूबाट गोलाप्रथामार्फत विजेता चयन गरिएको हो ।

योजनामा एकजना भाग्यशाली विजेताले नगद रु ५० हजार, दुईजनाले रु २५ हजार र पाँचजनाले रु १० हजार नगद उपहार प्राप्त गरेका छन् ।

योजनामा रु ५००० भन्दा बढीको खाद्यवस्तु खरिद गर्ने ग्राहकहरूले आफ्नो खरिद बिल क्यूआर कोड स्क्यान गरेर वा ह्वाट्सएपमार्फत पठाएर सहभागिता जनाएका थिए । यो योजना कार्तिक २४ सम्म जारी रहनेछ, र हरेक हप्ता नयाँ विजेताहरूको घोषणा गरिनेछ ।

कम्पनीका अनुसार बालाजुकी संगीता श्रेष्ठले ५० हजार, राधे राधेकी प्रभा चालिसे र वीरगन्जका प्रवीण सिंहले २५-२५ हजार, काठमाडौँका गीता चौलागाईं, उषा श्रेष्ठ, सुधीन्द्र मान प्रधान, अनु अधिकारी, र प्रकाश चालिसेले १०-१० हजार पुरस्कार जितेका छन् ।