शीर्षकहरू

भूमि मन्त्रालयका अधिकारीका १०० दिन, यी हुन् प्रमुख उपलब्धिहरू

भूमि मन्त्रालयका अधिकारीका १०० दिन, यी हुन् प्रमुख उपलब्धिहरू

काठमाडौं । नेपाली कांग्रेससहितका दलको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको बुधबार सय दिन पूरा भयो । गएको असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्री नियुक्त भएपछि त्यसको भोलिपल्ट उनले मन्त्रिमण्डल विस्तार गरेका थिए ।

उक्त मन्त्रिमण्डल विस्तारका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाे जिम्मेवारी बलराम अधिकारीलाई दिइएको थियो । उनले सय दिन पूरा भएको अवसरमा बिहीबार पत्रकार सम्मेलन गरी प्रमुख उपलब्धिहरूको जानकारी दिएका छन् ।

उपलब्धिहरू सुनाउने क्रममा उनले नापी र मालपोतलाई पूर्णरुपमा डिजिटाइलेशन गर्ने काम अन्तिम चरणमा पुगेको बताएका  छन् ।  उनले नापी र मालपोतमा डिजिटल सिस्टम जडान गर्ने र त्यसको प्रत्यक्ष निगरानी मन्त्रालयले गर्नसक्ने व्यवस्था अन्तिम चरणमा पुगेको बताए ।

व्यक्तिले अनधिकृत कब्जा गरेको चार सय भन्दा बढी रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याएको, १५ सय ६५ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराएको,  सहकारीसम्बन्धी विद्यमान समस्या समाधान गर्न सहकारी प्रवर्द्धन कोष सञ्चालन कार्यविधिको मस्यौदा प्रतिवेदन तयार गरिएको लगायतका उपलब्धिहरू सुनाएका थिए ।

पूर्णपाठ