शीर्षकहरू

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको सर्वसाधारणको रकम अपचलन गरेको आरोपमा उनलाई गएको शुक्रबार काठमाडौँबाट पक्राउ गरेर उनलाई कास्की पुर्‍याइएको थियो । आइतबार अदालतले ६ दिन हिरासतमा (पक्राउ परेको दिनदेखि) राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । उक्त म्याद सकिएसँगै उनलाई आज  अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।

उनका व्यवसायिक  साझेदार छविलाल जोशी बन्जाडे पनि कास्की प्रहरीकै हिरासतमा छन् ।