शीर्षकहरू

इम्पेरमेन्ट चार्ज बढ्दाको असर आरएसडिसी लघुवित्तको नाफा करिब ३६ प्रतिशत घट्यो

इम्पेरमेन्ट चार्ज बढ्दाको असर आरएसडिसी लघुवित्तको नाफा करिब ३६ प्रतिशत घट्यो

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म ४ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ३५ दशमलव ९९ प्रतिशत कम खुद नाफा गरेको हो । यस वर्ष इम्पेरमेन्ट चार्ज वापत्को रकम छुट्याउनुपर्दा कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा असर परेको हो । गत वर्ष इम्पेरमेन्ट चार्ज वापत्को ३ लाख ३१ हजार रुपैयाँ फिर्ता पाएको कम्पनीले यस वर्ष यो शिर्षकमा १ करोड ७७ लाख रुपैयाँभन्दा बढी छुट्याएको छ ।

 जसका कारण सञ्चालन नाफा पनि गत वर्षभन्दा यस वर्ष ३५ दशमलव ८६ प्रतिशत घटेको छ । गत वर्ष ५ करोड ८१ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ११ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ छ । रिटर्न अर्निगमा ११ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १७ करोड ५७ लाख रुपैयाँभन्दा बढी कायम छ । 

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ७० करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले आफ्ना सदस्यहरुलाई १ करोड १९ लाख रुपैयाँभन्दा बढी र लघुवित्त र सहकारी क्षेत्रमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ४९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर २ दशमलव ५७ प्रतिशत पुगेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ ।