शीर्षकहरू

एलआइसीको ८८.४५ प्रतिशत हकप्रद शेयर भर्न कहिलेसम्म कायम शेयरधनीले पाउछन्  ?

एलआइसीको ८८.४५ प्रतिशत हकप्रद शेयर भर्न कहिलेसम्म कायम शेयरधनीले पाउछन्  ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले निष्कासनको तयारी गरेको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर कात्तिक ८ गते (आज) सम्मा कायम शेयरधनीहरुले मात्र खरीद गर्न पाउनेछन् । कम्पनीले हकप्रद निष्कासनको मिति तय गर्न बाँकी रहेपनि बुक क्लोजको मिति भने कात्तिक ९ गते एक दिनका लागि तय गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद खरीदका लागि योग्य हुने भएका हुन ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले गत असोज १४ गते उक्त हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । कम्पनीलाई बोर्डले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।

 यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।