शीर्षकहरू

लगातार ७ दिन बढेपछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगातार ७ दिन बढेपछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार सात दिनसम्म दिनदिनै नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य आज सामान्य घटेको छ । यसदिन प्रतितोला ७०० रुपैयाँले सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । दशैँपछि खुलेकाे बजारमा असाेज १ गतेदेखि सुनकाे मूल्यले असोज ७ गतेसम्म निरन्तर  ऐतिहासिक रेकर्ड बनाइरहेकाे छ । 

बुधबार तोलामा ८०० रुपैयाँले बढेर सुनले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदी प्रतितोला ४० रूपैयाँले घटेर दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।