शीर्षकहरू

साना किसान विकास लघुवित्तको ३४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

साना किसान विकास लघुवित्तको ३४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३४ हजार ८२० कित्ता संस्थापक शेयर कात्तिक ८ गतेदेखि विक्रीमा आएको छ । फरवार्ड माइक्रोफाइनान्सको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । प्रतिकित्ता ५४२ रुपैयाँ मूल्य तोकिएको यी शेयर खरीदका लागि मंसिर १२ गते अपरान्ह ३ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्ने व्यवस्था रहेको छ । आवेदन तोकिएको मितिभित्र कम्पनीको शेयर विक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा पेश गर्नुपर्नेछ ।