शीर्षकहरू

४९ उद्योगलाई विद्युत बक्यौता बुझाउन दिएको आज अन्तिम दिन

४९ उद्योगलाई विद्युत बक्यौता बुझाउन दिएको आज अन्तिम दिन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गरेको आज अन्तिम दिन भएको छ । असोज २४ गते डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका उद्योगलाई कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गर्दै सूचना जारी गरेको थियो । 

तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको थियो । नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान नौ बजे बोलाइएको मन्त्रालयले जनाएको छ ।

उक्त बैठकमा ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव,अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य रहने छन् । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को महसुल तिरेका छैनन् । केहि उद्योगले शुल्क बुझाइसकेको छन् ।