शीर्षकहरू

कार्तिक २४ देखि भैरहवा दुबई, भैरहवा कुवेत नियमित उडान सुरु

कार्तिक २४ देखि भैरहवा दुबई, भैरहवा कुवेत नियमित उडान सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कार्तिक २४ गते देखि भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दुबई र कुवेत नियमित उडान हुने बताएका छन् । 
फ्लाई दुबईले दुबईदेखि भैरहवासम्म र काठमाडौं हुँदै भैरहवादेखि दुबईको उडान सुरु गर्नेछ । 

फ्लाइ दुबईले हप्ताको सातै दिन दुबई र भैरहवा एवम् काठमाडौं हुँदै भैरहवा र दुबई बीच उडान भर्नेछ । 

जजिरा एअरवेजले साताको तीन दिन भैरहवादेखि कुवेत र कुवेत देखि भैरहवाबीच सिधा उडान भर्नेछ ।

देशभित्र बनेका भौतिक पूर्वाधारको अधिकतम प्रयोग गर्ने र त्यसबाट लाभ लिने सरकारको नीति भएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् । त्यसैले राम्ररी सञ्चालनमा नआएका अन्तराष्ट्रिय विमानस्थलको प्रयोग बढाउन सरकारले ठोस कदम चालेको उनले बताए । भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाई इन्धनको मूल्यमा प्रतिलिटर ०.३७ डलर कम गरिएको उनले बताए ।