शीर्षकहरू

१ करोड बढीको लत्ताकपडा र औषधिसहित ट्रक नियन्त्रणमा

१ करोड बढीको लत्ताकपडा र औषधिसहित ट्रक नियन्त्रणमा

काठमाडौं ।  वीरगञ्जबाट कास्कीतर्फ लैजाँदै गरेको १ करोड १४ लाख ५१ हजार बराबरको लत्ताकपडा तथा औषधी जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा मंगलबार राति १०:१५ बजेका समयमा वीरगञ्ज महानगरपालिका वडा नं।०८ स्थित घण्टाघर चोकमा  ना ३ ख ५१८७  नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।  ट्रकका साथमा रहेको बिलबिजक भन्दा बढीका लत्ताकपडा तथा औषधीहरु लोड गरी वीरगञ्जबाट कास्कीतर्फ लैजाँदै गरेको अवस्थामा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद लत्ताकपडा तथा औषधीहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको कार्यालयका सूचना अधिकारी दीपक भारतीले जानकारी दिए ।