शीर्षकहरू

सरकारका १०० दिन : तीन हजार १४९ शब्दमा यी हुन् प्रधानमन्त्रीले सुनाएका उपलब्धिहरू

सरकारका १०० दिन : तीन हजार १४९ शब्दमा यी हुन् प्रधानमन्त्रीले सुनाएका उपलब्धिहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पूरा भएको छ । गत असार १७ गते नेपाली कांग्रेससँग ७ बुँदे सहमति गरेर सोही सहमतिअनुसार असार ३० गते उनी कांग्रेससहितका दलहरूको समर्थनमा चौथोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

१०० दिनको अवधिमा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गर्छु भनेका ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेका छन् । विपत्तिका कारण केही कामहरू अधुरा रहेको बताउँदै उनले प्राकृतिक विपद् नआएको भए शतप्रतिशत काम गर्ने दाबी गरे ।

पहिले सबै मन्त्रालयले पहिलो एक सय दिन र बाँकी अन्य समयमा गर्ने कामहरुको सूची बनाएको बताउँदै उनले सय दिनमा पूरा गर्ने कामको संख्या २७४ पुगेकोमा तीमध्ये १८५ वटा काम सम्पन्न भएको दाबी गरे । यस्तो छ उनको सम्बोधनको पूर्णपाठ :