शीर्षकहरू

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशले वृद्धि

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशले वृद्धि

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशले वृद्धि भएको छ । बैंकले चालू आर्थिक वर्षको तीन महिनाको आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकले ६ करोड १ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा गत वर्षको सोहि अवधिमा ४ करोड ६५ लाख ५४ हजार रुपैयाँ गरेको थियो । 

बैंकको यो अवधिमा खराब कर्जा ११.२९ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्ष सोहि अवधिमा ४.२६ प्रतिशत रहेको थियो । खराब कर्जाको प्रतिशत बढेकाले बैंकको जगेडा कोष ६८.५२ प्रतिशत पुगेको छ यस्तो कोष गत वर्षको सोहि अवधिमा ७५.७५ प्रतिशत रहेको थियो ।