शीर्षकहरू

ठूलो मात्रामा काठमाडौँ ल्याउँदै गरेको लागुऔषधिसहित एक जना पक्राउ

ठूलो मात्रामा काठमाडौँ ल्याउँदै गरेको लागुऔषधिसहित एक जना पक्राउ

काठमाडौं । ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गुजारा नगरपालिका ३ का २० वर्षीय नासिम शेख रहेका छन्। 

मंगलबार साँझ दक्षिणकाली नगरपालिका ५ फर्पिङ चेकपोस्टमा चेकिङका क्रममा उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले जानकारी  दिए । 

रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज १९१० नम्बरको टाटासुमोमा सवार शंका लागि चेक गर्दा सीएटी लेखेको कालो रङको झोलामा पोका बनाइ पानीटेपले बेरेको अवस्थामा लागुऔषधि भेटिएको परिसरले जनाएको छ ।

उनको साथबाट नुफिन ५९३ एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेपाम ६८८ एम्पुल गरी जम्मा १ हजार ७८१ एम्पुल लागुऔषधि भेटिएको थियो ।