शीर्षकहरू

टिकटकले तीन महिनामा हटायो १७ करोड ८८ लाख वटा भिडिओ

टिकटकले तीन महिनामा हटायो १७ करोड ८८ लाख वटा भिडिओ

काठमाडौं । टिकटकले २०२४ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। अप्रिलदेखि जुन २०२४ सम्मको तथ्याङ्कलाई समेट्ने रिपोर्टमा टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गर्न र हटाउनका लागि उठाएका सक्रिय कदमहरूको विवरण समावेश छ । 

कम्पनीले यस त्रैमासिकमा विश्वव्यापी रूपमा १७ करोड ८८ लाख २७ हजार ४६५ ओटा भिडियोहरू हटाएको थियो जुन सङ्ख्याले यस प्लेटफर्ममा अपलोड गरिएका सबै कन्टेन्टको लगभग १ प्रतिशतको प्रतिनिधित्व गर्दछ । हटाइएका भिडियोहरूमध्ये १४ करोड ४४ लाख ३० हजार १३३ वटा भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिहरू प्रयोग गरेर पत्ता लगाइ हटाइएको थियो । ५३ लाख ९४ हजार ३१८ वटा भिडियोहरू भने थप समीक्षापछि पुनर्स्थापित गरिएको कम्पनीको भनाइ छ ।

सक्रिय हटाउने दर ९८.२५ मा रहेको र ९३.५५ फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट गरेको २४ घण्टाभित्र हटाइएको थियो।