शीर्षकहरू

प्रभु महालक्ष्मी लाइफले बुधबारदेखि विक्रीमा ल्यायो १ लाख ६२ हजारभन्दा बढी कित्ता शेयर

प्रभु महालक्ष्मी लाइफले बुधबारदेखि विक्रीमा ल्यायो १ लाख ६२ हजारभन्दा बढी कित्ता शेयर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि १ लाख ६२ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक खरीदकर्ताहरुले कात्तिक ९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । प्रतिशेयर १८० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ लाख ६२ हजार ९५० कित्ता शेयर खरीद माग गर्नुपर्नेछ । 

यी शेयर यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्री खुला गरिसकेको छ । सो अवधिमा विक्री हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको हो । शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।