शीर्षकहरू

हिमालयन डिस्टीलरीको नाफा ८९ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?

हिमालयन डिस्टीलरीको नाफा ८९ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?

काठमाण्डौ । हिमालयन डिस्टीलरीले खुद नाफामा ८९ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको खुद नाफामा ठूलो वृद्धि गर्दै १९ करोड ८८ लाख ७१ हजार रुपैयाँ कमाएको हो  । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिमा कुल आम्दानी ७३ करोड २० लाख ६९ हजार रुपैयाँको गरेको छ । जसमा २६ करोड ५३ लाख ५३ हजार रुपैयाँ कुल खर्च देखाएको छ ।  कम्पनीको सञ्चालन आम्दानी ५२.९७ प्रतिशत बढेको छ भने कुल नाफा ४७.६९ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा सो अवधिमा ८०.४१ प्रतिशत बढेको छ ।

कम्पनीको ईपीएस १२ रुपैयाँ ४५ पैसा बढेर २९ रुपैयाँ ७७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.८६ गुणा रहेको छ । २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

हाल २ अर्ब ६७ करोड २५ लाख चुक्तापूँजी रहेको कम्पनीको अन्य आम्दानीमा पनि करिब २०० प्रतिशतको वृद्धि देखिएको छ । बिक्री तथा वितरण खर्च गत वर्षको तुलनामा ३ प्रतिशतभन्दा बढी तथा प्रशासनिक खर्च २६ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा पनि कम्पनीले नाफालाई बढाएको हो ।