शीर्षकहरू

प्रभु क्यापिटलले बोलायो साधारण सभा, नगद लाभांश प्रस्ताव

प्रभु क्यापिटलले बोलायो साधारण सभा, नगद लाभांश प्रस्ताव

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कात्तिक ३० गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

कम्पनीले गत वर्षको मुनाफाबाट कम्पनीले ७ दशमलव ३६८४ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।