शीर्षकहरू

केयर रेटिङ्गस नेपालले ६० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

केयर रेटिङ्गस नेपालले ६० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

काठमाडौं । केयर रेटिङ्गस नेपालले मंसिर ९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय पुतलीसडक, काठमाडौंमा दिउँसो ३ः१५ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 


गत वर्षको मुनाफाबाट कम्पनीले ६० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ । सञ्चालकहरुको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।