शीर्षकहरू

आँखुखोला जलविद्युतको अवितरित हकप्रद शेयर बाँडफाँट

आँखुखोला जलविद्युतको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । 

असोज ११ गतेदेखि २० गतेसम्म अवितरित हकप्रद शेयर विक्री खुला गरी तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक २ गते खोली कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक ६ गते बाँडफाँट गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा लिलामीमा विक्री खुला गरेको यी शेयर बाँडफाँटको अन्तिम मूल्य १७१ रुपैयाँ कायम भएको जानकारी समेत कम्पनीले दिएको छ । 

यी शेयर बाँडफाँटमा नपरेको शेयर वापत्को रकम कात्तिक ७ गतेदेखि आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने कम्पनीको भनार्इृ छ । कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बंैंकिङ लिमिटेड रहेको छ । कम्पनीले १५० प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि विक्री गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रूपयाँको आधारमा विक्री गरेको १५० प्रतिशत हकप्रद शेयर पूर्ण रुपमा विक्री तथा बाँडफाँटपछि चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम भएको छ ।