शीर्षकहरू

सिद्धार्थ बैंकको नाफा तीन महिनामा ७९१.४३ प्रतिशतले बढ्यो

सिद्धार्थ बैंकको नाफा तीन महिनामा ७९१.४३ प्रतिशतले बढ्यो


काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफामा ठूलो फड्को मारेको छ । तीन महिनामा ७९१.४३ प्रतिशतले वृद्धि गर्दै ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस्तो आम्दानी गत वर्षको सोहि वर्ष १ अर्ब ९६ करोड ९८ लाख रुपैयाँ थियो । 

 बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बैंकको नाफामा ठूलो फड्को मारेको हो । यसको वितरणयोग्य नाफा २६ करोड ४३ लाख रहेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

बैंकको जगेडा कोषमा १४ अर्ब ६ करोड रुपैयाँ छ । यसको चुक्ता पुँजी र जगेडा कोषको आकार लगभग बराबर छ ।  यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ ।