शीर्षकहरू

कुमारी बैंकको तिहार र छठ क्यासब्याक अफर सञ्चालनमा

कुमारी बैंकको तिहार र छठ क्यासब्याक अफर सञ्चालनमा

काठमाडौं । कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा आफ्ना सेवाग्राहीका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । 

कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्व सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो । भाइटीका तथा किजा पूजाको दिनमा मोबाइल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रु. ५० क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । 

अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम् रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास आफूहरूले लिएको बैंकले जनाएको छ ।