शीर्षकहरू

सामान्य प्रशासनमन्त्री १०० दिन, के-के भयो प्रगति ?

सामान्य प्रशासनमन्त्री १०० दिन, के-के भयो प्रगति ?

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाहलाई प्रभावकारिता बनाउने र सुशासनमा जोड दिँदै आफू अघि बढिरहेको बताएका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा आज मङ्गलबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरी सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउँदै सुशासनमा बढी जोड दिएको बताएका हुन् । सो अवसरमा उनले २५ बुँदे कार्य प्रगति विवरण पनि सार्वजनिक गरेका छन् ।