शीर्षकहरू

इटहरीबाट टाटा एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीको बिक्री सुरु, यस्ता छन् अफर

इटहरीबाट टाटा एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीको बिक्री सुरु, यस्ता छन् अफर

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडीङ्ग प्रालिले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ । दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहक महानुभावहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरुले एसीइभी फ्ल्याटबेड २१ लाख ९९ हजार रुपैयाँ र विद्युतीय गाडीका लागि २२ लाख ८९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ्ग गर्ने ग्राहकलाई ५० हजारसम्मको विशेष नगद छुटको व्यवस्था गरिएको कम्पनीले जनाएङ्को छ । यस्तै एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ ।