शीर्षकहरू

थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

विद्युत नियमन आयोगको स्वीकृति लिने तयारी

थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ । सोही पुँजी बराबरको हकप्रद शेयर विक्री गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिने निर्णय कम्पनीले गरेको हो ।

आयोगबाट पूर्व स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्ने तयारी कम्पनीले गरेको छ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अघि बढ्नेछ । कम्पनीले हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि प्रयोग गरिने भनाई कम्पनीको छ ।

बाँकी रहेको १५ करोड रुपैयाँ भने निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन ९ मेगावाट क्षमताको माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजनाका लागि आवश्यक स्वपुँजीमा लगानी गर्ने कम्पनीले जानकारी दिएको छ ।