शीर्षकहरू

हिमालयन क्यापिटलले ७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

हिमालयन क्यापिटलले ७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै बोलायो साधारण सभा

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले कात्तिक २८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

 गत वर्षको मुनाफाबाट ७ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि सभामार्फत पारित हुनेछ । सञ्चालकको नियुक्ति र सञ्चालकहरुको भत्ता तथा अन्य सुविधाका सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र सोका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कामको जिम्मेवारी भने सञ्चालक समितिलाई दिने प्रस्ताव गरिएको छ ।