शीर्षकहरू

श्वेत–गंगा हाइड्रोपावरले मंसिर ६ गते बोलायो साधारण सभा

श्वेत–गंगा हाइड्रोपावरले मंसिर ६ गते बोलायो साधारण सभा

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले मंसिर ६ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

 कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

कम्पनीले लााभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । यस कम्पनीले सर्वसाधारणमा २०७९ साल साउन १८ गते आईपीओ बाँडफाँट गरेको थियो ।