शीर्षकहरू

विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री पौडेल आज राति अमेरिका जाँदै

विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री पौडेल आज राति अमेरिका जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अमेरिका जाने भएका छन् ।

उनी आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नेछन् । 

उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम रहेको छ ।