शीर्षकहरू

सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गर्यो

सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गर्यो

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संसथाले शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने भएको छ  ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०र८१ के नाफाबाट १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लािग ०.७२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुकान्त चौधरीले जनाएका छन् । 

कम्पनीको हाल कायम चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार ९ सय ४० रुपैयाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।