शीर्षकहरू

सिईडिबि हाईड्रोपावरले कात्तिक २० गते विशेष साधारण सभा गर्दै

सिईडिबि हाईड्रोपावरले कात्तिक २० गते विशेष साधारण सभा गर्दै

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक २० गते विशेष साधारण सभा बोलाएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । 

अघिल्ला दुई आर्थिक वर्ष २०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र ११ प्रतिशत बोनस शेयर वितरणपछि ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव असोज २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको कम्पनीले विशेष साधारण सभा बोलाएको हो । 

विशेष साधारण सभामार्फत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । कम्पनीको पाँच जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । कम्पनीले ९३ करोड १७ लाख ४५ हजार रुपैयाँका आधारमा ११ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । 

११ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीका आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।