शीर्षकहरू

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडाैं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ । शुक्रबार काठमाडाैं बनस्थलीस्थित रास्वपाकाे केन्द्रीय कार्यालयबाट पक्राउ गरी प्रहरीले उनलाई पाेखरा पुर्याएकाे थियाे ।

म्याद थपका लागि आइतबार अदालत लगिएकोमा अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे । रविलाई पाेखरा पुर्याएसँगै उनका समर्थकहरू सडकमा उत्रिएर विराेध गरिरहेका छन् । आज भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेकाे थियाे ।

रविमाथि सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम आरोप छ । लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।

यसअघि उक्त कम्पनीमा साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।