शीर्षकहरू

हिमालयन सेक्युरिटिजले कात्तिक २३ गते वार्षिक साधारण सभा गर्दै

हिमालयन सेक्युरिटिजले कात्तिक २३ गते वार्षिक साधारण सभा गर्दै

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको रुपमा सञ्चालित हिमालयन सेक्युरिटिजले कात्तिक २३ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

 सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । कम्पनी रजिष्टर्ड कार्यालय रहने ठेगाना सम्बन्धी कम्पनीको प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।