शीर्षकहरू

जुवा खेलिरहेका पाँच जना पक्राउ

जुवा खेलिरहेका पाँच जना पक्राउ

भक्तपुर । सूर्यबिनायक नगरपालिका ८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेलिरहेको अवस्थामा मध्यपुरठिमी नगरपालिका ५ बस्ने ४० वर्षीय शिवराम श्रेष्ठ समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।