शीर्षकहरू

शिखर इन्स्योरेन्सका सीईओमा पाण्डे पुनः नियुक्त

शिखर इन्स्योरेन्सका सीईओमा पाण्डे पुनः नियुक्त
फाइल फोटो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा  दीप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।  

पाण्डेलाई बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा क्षेत्रमा काम गरेको उनीसंग अनुभव छ ।