शीर्षकहरू

नेपाल–अमेरिका टी–२० सिरिज : नेपालले १७१ को लक्ष्य दियो

नेपाल–अमेरिका टी–२० सिरिज : नेपालले १७१ को लक्ष्य दियो

काठमाडौं ।  नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज ब्याटिङ गर्दै १७१ रनको लक्ष्य दिएको छ । नेपालका कुशल भुर्तेलले ९२ रन बनाएर महत्वपूर्ण योगदान गरे भने पाँच विकेटको क्षतिमा १७० रन बनाएको छ । अन्तिम ओमरको अन्तिम बलमा करण केसीले  छक्का दिएर नेपालको रन बढाएका थिए  ।  

तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५ः४५ बजे सुरु हुनेछ । 

यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिए । 

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए । यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक एक विकेट लिए ।