शीर्षकहरू

सहकारीमा ठूलो रकम राख्नेहरुमाथि पनि छानविन हुन पर्यो : अनिल शाह

सहकारीमा ठूलो रकम राख्नेहरुमाथि पनि छानविन हुन पर्यो : अनिल शाह


काठमाडौं । सहकारीमा रहेको ठूलो रकम राख्नेहरुमाथि पनि छानविन हुन पर्ने पूर्व बैंकर अनिल केशरी शाहले माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका शाहले काठमाडौंको माइतीघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सहकारीमा अबौै रकम राख्नेहरुको सम्पत्तिको स्रोत समेत खोजी हुन पर्ने बताएका छन् ।

उनले भने, ‘दैनिक ज्यालादारी र साना साना व्यापार गरेर बस्नेहरुको रकमलाई राज्यले तत्काल ब्याज तथा क्षतिपूर्ति सहित उठाउन राज्यले ब्यावस्था गर्न पर्यो र सहरकारीमा अर्बौ राखेर ब्याज खानेहरुमाथि भने अर्को छानविन गर्न पर्छ ।’ उनले सहकारीमा रहेको अर्बौ रकमका धनीहरु पनि यकिन हुन जरुरी रहेको उनले बताए । 

ती अर्बौ रकम सहकारीमा राख्नेहरुले त्यो रकम कहाँबाट ल्याए उनले प्रश्न गरे । साथै,  त्यो रकम बैंकमा राख्न किन सकेनन् थप उनले प्रश्न गरे । बैंकमा रकम राख्न जाँदा त्यो सम्पत्तिको स्रोतको प्रमाण नपुग्ने भएर पनि हुन सक्नेमा उनले प्रश्न उठाएका छन् । साथै शाहले धेरै जसो करोडपतिसँग रहेको यस्तो रकम कृषिबाट आएको बताउने गरेता पनि कृतिबाट त्यस खालको आम्दानी नहुने समेत ठोकुवा गरे ।