शीर्षकहरू

लामिछानेसहित थप १३ जनाविरुद्ध पक्राउ पुर्जी

लामिछानेसहित थप १३ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबाहेक थप १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

लामिछानेसँगै विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तवावु राई, रामबहादुर खनाल, देवेन्द्रवावु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई आजै पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन भएको छ । पार्टी कार्यालयमा नेता र कार्यकर्ताहरू बीचमा रहेका रविलाई पक्राउ गर्न सीआईबीका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रास्वपा कार्यालय पुगेको हो ।