शीर्षकहरू

विपक्षी दलको बैठकमा प्रचण्डको ब्रिफिङ : रवि लामिछाने पक्राउ पर्न सक्नुहुन्छ

विपक्षी दलको बैठकमा प्रचण्डको ब्रिफिङ : रवि लामिछाने पक्राउ पर्न सक्नुहुन्छ

काठमाडौं । विपक्षी दलको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नसक्ने ब्रिफिङ गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो सूचना दिएका हुन् ।

त्यसपछि लामिछानेले प्रचण्ड र अन्य दलको धारणा बुझेकोमा अन्य दलले दोषी भए कारबाही हुनुपर्ने तर प्रतिशोधका रुपमा पक्राउ गरिए त्यसको विरोध गर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । अन्य दलको धारणापछि लामिछानेले आफू दोषी नभएको दाबी गरेको जानकारी उनले दिए ।

रविमाथि सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम आरोप छ । लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।

यसअघि उक्त कम्पनीमा साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।