शीर्षकहरू

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउँछन् ?

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनी वा सो बाहेकका व्यक्ति तथा संस्थाहरूले किन्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिसकेको जनाएको छ ।

सो शेयर खरीद गर्न इच्छुकले आवश्यक पर्ने कागजातसहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।