शीर्षकहरू

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

भक्तपुर । स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका ४ घर भई काठमाडौं महानगरपालिका ७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरू सहित पक्राउ गरेको हो । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।