शीर्षकहरू

भिभो भी४० लाईट स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य

भिभो भी४० लाईट स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी४० लाईट आधिकारिक रुपमा सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो संस्करण भिभो भी४० लाईट आफ्नो उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई–प्रवर्धित फोटोग्राफीेलाई संयोजन गर्दै स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने नयाँ मानकको रुपमा चिनिएको छ । 

दुई आकर्षक रंग विकल्पहरू टाइटेनियम सिल्भर र एमरल्ड ग्रीनमा उपलब्ध भिभो भी४० लाईटले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ । फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ ।  

भिभो नेपालका महाप्रबन्धक माइकल लिउका अनुसार यस फोनले आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक एआई–प्रवर्धित इमेजिङलाई एक स्लीक प्याकेजमा समेटेको छ । भिभो भी४० लाईटमा ५००० एम ए एच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ । जसले फोनलाई छिटो चार्ज गर्न सक्षम बनाउँछ र प्रयोगकर्ताहरूलाई सधैं पावर अन भएको महसुस गराउँछ । साथै, भिभो भी४० लाईटले ४ वर्षको ब्याट्री स्वास्थ्य पनि सुनिश्चित गर्दछ ।  

भिभो भी४० लाईटले प्रयोगकर्ताहरूलाई अविश्वसनीय दृश्य अनुभव प्रदान गर्दछ, विशेष गरी अन–दी–गो भिडियो सामग्री हेर्न मन पराउने प्रयोगकर्ताहरूका लागि, यो एक व्यक्तिगत सिनेमाघर जस्तै हुनेछ । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ ।

नेपाली बजारमा यस फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध हुनेछ । भिभो भी४० लाईट ग्राहकहरूले दराज अनलाईन मार्फत सुरक्षित गर्न सक्नेछन् वा देशभरका सबै मुख्य रिटेल स्टोरहरूमा गएर प्रत्यक्ष रूपमा यो स्मार्टफोनको अनुभव लिन सक्नेछन् ।