शीर्षकहरू

नेपालमा टेस्ला हरेक गाडी बिक्रीबाट आएको रकम वन्यजन्तु संरक्षणमा छुट्याउने

नेपालमा टेस्ला हरेक गाडी बिक्रीबाट आएको रकम वन्यजन्तु संरक्षणमा छुट्याउने

काठमाडौं । टेस्ला गाडीको नेपालका अधिकारीक विक्रेता अरिट इन्टरनेसनल आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत वन्यजन्तु संरक्षणमा केन्द्रित गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको  १५ को अनुरूप, अरिटले अब आफ्ना ग्राहकहरूलाई चितवन, नेपालमा संकटापन्न प्रजाति र तिनीहरूको आवासको संरक्षणका लागि पहलहरूमा समर्थन गर्ने जनाएको छ । 

प्रत्येक सवारी साधन बिक्रीमा खाद्य तथा शिक्षा प्रदान गर्ने फुड फर लाइफ र होस्टे हाइँसेसँगको वर्तमान साझेदारीलाई आधार मान्दै, अरिटले अब आफ्ना ग्राहकहरूलाई शिक्षा, पोषण, वा वन्यजन्तु संरक्षणमा योगदान दिने जारी विज्ञप्तिमा उल्लेख छ । 

यस पहलले चितवनको धनी वन्यजन्तु, जस्तै बंगाल टाइगर, एक सिङ्गे गैंडा, र एशियाली हात्तीको संरक्षण गर्न लक्ष्य राख्दछ। यस कार्यलाई समर्थन गर्नु भनेको मानिस र वन्यजन्तु शान्तिपूर्वक सहअस्तित्व गर्ने भविष्य सुनिश्चित गर्नु रहेको कम्पनीले जनाएको छ ।