शीर्षकहरू

सन नेपाल लाइफ आइएसओ/आइइसी २७००१ प्रमाणपत्र प्राप्त

सन नेपाल लाइफ आइएसओ/आइइसी २७००१ प्रमाणपत्र प्राप्त

काठमाडौं । सन नेपाल लाइफ आइएसओ÷आइइसी २७००१ प्रमाणपत्र प्राप्त 
गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएएस (युनाइटेड किङडम एक्रिडेसन सर्भिस)बाट मान्यता प्राप्त अम्टिभो लिमिटेड युकेबाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि  हुने कम्पनीले जनाएको छ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्ने कम्पनीले बताएको छ । 

कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आइएसओ÷आइइसी २७००१ : २०२२ सम्परीक्षण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी आइएसओ÷आइइसी २७००१ :द्दण्द्दद्द को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो । 


यसबाट कम्पनीले  रिस्क बेस मोडालिटीमा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन् त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने  र त्यसको नियन्त्रणको लागि फस्ट लाइन अफ डिफाइनबाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ ।  

आइएसओ÷आइइसी २७००१ः २०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।