शीर्षकहरू

गरिबी निवारणको एकिकृत कार्यक्रमको तयारी गर्दैछौँ: मन्त्री अधिकारी

गरिबी निवारणको एकिकृत कार्यक्रमको तयारी गर्दैछौँ: मन्त्री अधिकारी
फाइल फोटो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारणका लागि मन्त्रालयले आगामी आर्थिक बर्षबाट एकिकृत कार्यक्रम बनाएर अघि बढ्ने बताएका छन् । ३२ औं अन्तराष्ट्रिय गरिबी निवारण दिवशको अवशरमा मन्त्रालयले आयोजना गरेको नेपालमा गरिबी निवारणः अवस्था र आगामी मार्गचित्र विषयक प्रस्तुतीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

गरिबी निवारणका सम्वन्धमा मन्त्रालय मन्त्रालय बिच समन्वय नहुने, तीन तहका सरकारबिच समन्वय नहुने तथा सरोकारवालाबिच नै समन्वय नहुदाँ सरकारले गरेको कामको प्रभावकारीता कम देखिएको मन्त्री अधिकारीको भनाई छ । मन्त्री अधिकारीले हालसम्म ६ लाख नागरिकलाई राज्य सुबिधा परिचय पत्र बितरण गरिएको र करिब २ लाख ५० हजार परिचय पत्र बितरणको तयारीमा रहेको बताए ।

गरिव नागरिकका लागि सरकारका तर्फबाट एकिकृत सेवा प्रवाह गर्ने उद्देश्यले राज्य सुबिधा परिचय पत्रको अवधारण ल्याएको मन्त्री अधिकारीले दावी गरे । कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले गरिवी निवारणसगं सम्वन्धीत नीति पुनारावोलकनको आवश्यकता रहेको बताए । लक्षित कार्यक्रम लक्षितबर्गले महसुस गर्ने गरी वितरण गरिने सचिव पोख्रेलको भनाई छ ।