शीर्षकहरू

गोठमा जुवातास खेलिरहेका आठ जना पक्राउ

गोठमा जुवातास खेलिरहेका आठ जना पक्राउ

मकवानपुर । गोठमा जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका ६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ६ बस्ने ४७ वर्षीय रेशम तामाङसमेत ८ जनालाई गएति प्रहरीले पक्राउ गरेको हो ।  

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ४ सय ४५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।