शीर्षकहरू

प्रमुख वा उपप्रमुख पुरुष भएका पालिकामा महिलालाई उम्मेदवार बनाउन आयोगको निर्देशन

प्रमुख वा उपप्रमुख पुरुष भएका पालिकामा महिलालाई उम्मेदवार बनाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरूलाई प्रमुख र उपप्रमुखमध्ये एक जना पुरुष रहेका पालिकाहरूमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको छ ।

बुधबार बसेको आयोगको बैठकले उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४०) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख पदमा २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको हो ।

उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम उक्त निर्देशन दिइएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए । 

आयोगले  असोज १० देखि १६ गतेसम्म दल दर्ताका लागि समय अवधि दिएको थियो । जसमा २६ वटा निवेदन परेकोमा २५ वटा दल दर्ता भएका छन् ।